शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी राख्नुहुन्न : अतिरीक्त महानिरीक्षक पोखरेल

शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी राख्नुहुन्न : अतिरीक्त महानिरीक्षक पोखरेल

२०७७, मंसिर ३० मंगलवार

  • 1.8K
    SHARES

  • शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी राख्नुहुन्न : अतिरीक्त महानिरीक्षक  पोखरेल

    पौष १, काठमाडौँ । 

    प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाँकी नराख्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।  

    हालै बढुवा भएर अतिरिक्त महानिरीक्षक भएका पोखरेलले राष्ट्रिय सभागृहमा मंगलवार आयोजित समारोहमा मुलुकले लिएको समृद्धिको लक्ष्य प्राप्त गर्न प्रहरीको अहम् भूमिका रहने बताए ।  

    उनले कोभिड–१९ को सङ्क्रमण जोखिमको वर्तमान विषम परिस्थितिमा सीमित स्रोत र साधनको प्रयोग गर्दै निर्वाह गरेको जिम्मेवारीले नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास बढेको छ भने ।

    “यो विश्वासलाई अझै बढाउँदै लैजानुपर्छ प्रहरी नागरिकमैत्री भएमा मात्रै समुदायको सहयोग पाइन्छ”, प्रहरी अतिरीक्त महानिरीक्षक पोखरेलको भनाइ थियो । 

    व्यावसायिक, लागनशील, असल आचरणका साथ सङ्गठनले दिएको जिम्मेवारी बहन गर्दै लिइएको उद्देश्य प्राप्तितर्फ अग्रसर हुन उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले प्रहरीले कुनै लोभ लालचमा लागेर सङ्गठनविपरीत हुने गरी कार्य गरेमा भने कुनै माफी दिन नसकिने जानकारी दिए । 

    २०७७, मंसिर ३० मंगलवार०९:२५:१८
    प्रतिक्रिया
    सम्बन्धित समाचार