दुवै डोज खोप लगाउँदा कोभिडबाट ९८ प्रतिशत सुरक्षा

दुवै डोज खोप लगाउँदा कोभिडबाट ९८ प्रतिशत सुरक्षा

२०७८, आषाढ २० आइतवार

  • 1.0K
    SHARES

  • दुवै डोज खोप लगाउँदा कोभिडबाट ९८ प्रतिशत सुरक्षा

    नयाँ दिल्ली । कोेभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ ।

    भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ । भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ । 

    सो अध्ययनले एक डोज मात्र खोप लगाएका व्यक्तिलाई पनि कोरोना भाइरस सङ्क्रमण भएको छ भने उनीहरुलाई ९२ प्रतिशत सम्म मृत्युबाट बचाउने देखिएको हो । 

    भारतीय सरकारको निकट रहेको एक थिंक ट्यांक संस्था एन आइ टि आईले गरेको सो अध्ययनबाट उक्त तथ्य बताइएको छ । सो इन्स्टिच्युटका निर्देशक भि के पाउलले शनिवार नयाँ दिल्लीमा अयोजना भएको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।  

    उनले भनेका छन् कि कोरोना विरुद्धको खोपले कोरोना लाग्न नदिन भन्दा पनि कोरोना लागिसकेपछि मृत्युबाट बचाउन निकै प्रभावकारी रुपमा काम गर्ने देखिएको छ । उनले सो अध्ययन पञ्जावका प्रहरीमा गरिएको जानकारी दिएका थिए ।

    पञ्जावमा कोभिडको खोप लगाएका र नलगाएका प्रहरीहरुमा सो अनुसन्धान गरिएको थियो । 

    त्यस्तै त्यहाँका प्रहरी जसले एक डोज मात्र खोप लगाएका र दुवै डोज खोप लगाएकाहरुमा पनि अनुसन्धान गरिएको थियो ।

    तीमध्ये खोप नलगाएको तुलनामा लगाएका प्रहरीको मृत्यु दर निकै कम थियो । त्यसैगरी दुवै डोज खोप लगाएकामा मृत्युबाट जोगाउनसक्ने ९८ प्रतिशत सुरक्षा रहेको पाइएको थियो ।- एजेन्सी । 

    २०७८, आषाढ २० आइतवार०६:४४:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार