शानदार जितसहित अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमीफाइनलमा

शानदार जितसहित अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमीफाइनलमा

२०७८, आषाढ २० आइतवार

  • 1.5K
    SHARES

  • शानदार जितसहित अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमीफाइनलमा

    काठमाडौं । कोपा अमेरिका फुटबलमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ।

    स्ट्याडियो ओलम्पियाकोमा आइतबार बिहान सम्पन्न खेलमा इक्वेडरलाई ३ – ० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी, रोड्रिगो डि पउल र लुटारो मार्टिनेजले एक एक गोल गरे।

    पहिलो हाफको ४० औं मिनेटमा रोड्रिगोले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। उनले लियोनल मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनालाई १ – ० को अग्रता दिलाए।

    दोस्रो हाफको अन्तिम समय ८४ औं मिनेटमा लुटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २ – ० को अग्रता दिलाए। उक्त गोलमा पनि मेस्सीले नै पास उपलब्ध गराएका थिए।

    खेलको इन्जुरी समयमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३ – ० को जित दिलाए। मेस्सीले पेनाल्टी बक्सको ठिक बाहिरबाट प्रहार गरेको फ्रिकिकमा उत्कृष्ट गोल गरेका हुन।

    मेस्सीको यस सिजनको कोपा अमेरिकामा यो चौथो गोल हो। उनी धेरै गोल गर्ने खेलाडीको सूचिमा शिर्ष स्थानमा छन्।

    २०७८, आषाढ २० आइतवार०९:१३:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार