जापानमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी

जापानमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी

२०७८, आषाढ २० आइतवार

  • 845
    SHARES

  • जापानमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी

    अतामी, जापान, । जापानमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ ।

    पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

    पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरु १० जनालाई घटनास्थलबाट उद्धार गरिएको छ । 

    जापानको मध्य क्षेत्रमा पर्ने अतामीमा भएको घटनामा परी अरु २० जना अझै पनि हराइरहेको अधिकारीहरुले जनाएका छन् । 

    स्थानीय सरकारी अधिकारीहरुले खोजी कार्य जारी रहेपनि बेपत्ता भएकाहरु जीवितै भेटिने संभावना कम रहेको बताएका छन् । 

    अत्यधिक वर्षासँगै शनिबार बिहान भिषण पहिरो गएको थियो । घटनाप्रति प्रधानमन्त्री योशिहिडे सुगाले दुःख व्यक्त गरेका छन् । उनले खोजी तथा उद्धार र राहतका कार्यका लागि कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका छन् ।-एजेन्सी

    २०७८, आषाढ २० आइतवार०४:२१:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार