जापानमा पहिरोमा परेका ८० जना अझै बेपत्ता

जापानमा पहिरोमा परेका ८० जना अझै बेपत्ता

२०७८, आषाढ २१ सोमवार

  • 1.6K
    SHARES

  • जापानमा पहिरोमा परेका ८० जना अझै बेपत्ता

    टोकियो । जापानमा पहिरोमा परेका ८० जना अझै पनि बेपत्ता नै रहेका छन् । 

    गत शनिबार विहान आएको पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेपनि अहिलेसम्म पनि नभेटिएका हुन् । 

    देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक बर्षपछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । 

    अतामी सहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भएपनि सफलता प्राप्त हुन नसकेको उल्लेख गरे ।   

    घटनास्थलबाट २२ जनालाई उद्धारकर्ताहरुले जीवितै उद्धार गरेका छन् भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ । प्रहरी अधिकारीहरुले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन् । 

    सरकारी अधिकारीहरुले घटना भएको बेला त्यस क्षेत्रमा २१५ जना मानिस रहेको र पहिरो गएको ठाउँमा १३० ओटा घर रहेको जानकारी दिएका छन् । -एजेन्सी । 

    २०७८, आषाढ २१ सोमवार०६:५४:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार