इजरायली प्रधानमन्त्री र रूसी राष्ट्रपति “चाँडै“ भेट गर्न सहमत

इजरायली प्रधानमन्त्री र रूसी राष्ट्रपति “चाँडै“ भेट गर्न सहमत

२०७८, आषाढ २२ मंगलवार

  • 973
    SHARES

  • इजरायली प्रधानमन्त्री र रूसी राष्ट्रपति “चाँडै“ भेट गर्न सहमत

    जेरूसेलेम । इजरायली प्रधानमन्त्री नफ्ताली बेनेट र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ‘छिट्टै’ भेट्वार्ता गर्ने सहमति सोमबार भएको छ ।

    प्रधानमन्त्री बेनेटको कार्यालयद्वारा जारी विज्ञप्तिमार्फत् दुई नेताबीच भटवार्ताका लागि सहमति बनेको जानकारी गराइएको हो ।
     
    बेनेटले सत्ता सम्हालेपछि रूसी नेता पुटिनसँग भएको पहिलो फोन वार्तालापमा दुवै नेताले सुरक्षा र कूटनीतिक मुद्दाहरूबारे छलफल आदानप्रदान भएको हो । 

    रूसले क्षेत्रीय स्थायित्व कायम गर्न र अपहरणकारी र बेपत्ताको सवालमा गरेको सहयोगका लागि पुटिनको भूमिकाका लागि बेनेटले धन्यवाद दिनुभएको छ विज्ञप्तिमा उल्लेख छ ।

    उनीहरूले १९९० को दशकदेखि इजरायलमा बसाइएका १० लाख भन्दा बढी रूसी यहूदी व्यक्तिहरूको भूमिकाबारे पनि छलफल गरेका बेनेटले बताए । पुटिनले ‘दुई देशबीचको पुल’को रूपमा काम गर्नेमा बेनेटले विश्वास व्यक्त गरेका बताइएको छ । -एजेन्सी । 

     

     

    २०७८, आषाढ २२ मंगलवार०६:५३:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार