इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो

इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो

२०७८, आषाढ २२ मंगलवार

  • 845
    SHARES

  • इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो

    जेरुसेलम । इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण दिनप्रति दिन बढ्दै गइरहेको पाइएको छ । 

    इजरायली शिक्षा मन्त्रालयसमेत विद्यार्थीहरुलाई चिनियाँ भाषा अध्ययनका लागि प्रेरित गर्ने गरेको जनाइएको छ । 

    विश्व बजारमा चिनियाँ प्रभाव बढ्दै गइरहेकाले चिनियाँ भाषा उपयोगी र प्रभावकारी हुने देखिएकाले चिनियाँ भाषा सिक्न प्रेरित गर्ने गरिएको इजरायली अधिकारीहरुको भनाइ छ । 

    इजरायलमा सन् २००९ बाट राष्ट्रिय पाठ्यक्रममा चिनियाँ भाषालाई समावेश गरिएको थियो । त्यसपछि लगातार यो पाठ्यक्रम लोकप्रिय हुदै गएको छ ।

    इजरायलको शिक्षा मन्त्रालय अन्तर्गतको चिनियाँ भाषा अध्यापन प्रमुख तामर कोहेन केहाटले सन् २००९ मा इजरायलका १० विद्यालयमा चिनियाँ भाषा अध्ययन गर्न पाइने व्यवस्था गरिएको जानकारी दिए ।  

    अहिले भने देशभरका प्राथमिक, माध्यमिक र उच्च विद्यालय गरी ४० विद्यालयमा तीन हजार विद्यार्थीले अध्ययन गरिरहेको पनि उनले बताए ।   

    पछिल्लो दशक चीन र इजरायलबीचको सम्वन्ध पनि बलियो बन्दै गइरहेको छ भने त्यसको प्रत्यक्ष असर इजरायलमा चिनियाँ भाषा सिकाइमा पनि परेको छ । 

    दुई देशका वीचमा पछिल्लो समय धेरै क्षेत्रमा सहकार्य र सहयोग आदान प्रदान भइरहेको कुटनीतिज्ञहरुले बताएका छन् । -एजेन्सी । 

     

    २०७८, आषाढ २२ मंगलवार०७:०९:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार