रूसी विमान दुर्घटना, विमानमा यात्रारत २९ को अवस्था अज्ञात 

रूसी विमान दुर्घटना, विमानमा यात्रारत २९ को अवस्था अज्ञात 

२०७८, आषाढ २२ मंगलवार

  • 805
    SHARES

  • रूसी विमान दुर्घटना, विमानमा यात्रारत २९ को अवस्था अज्ञात 

    मस्को । मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

    विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ । प्रारम्भिक जानकारी अनुसार विमानमा एक बच्चा, छ चालकदलका सदस्य र २२ जना यात्रु थिए ।

    रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मङ्गलबार अपरान्ह रार्डरसँग सम्पर्क बिच्छेद् भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महानिर्देशनालयले जानकारी गराएको छ ।

    विमानबारे थप जानकारी सङ्कलन भइरहेको रूसी प्रशासनले बताएको छ । -एजेन्सी

    २०७८, आषाढ २२ मंगलवार०२:३२:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार