अपहरणमा परेका २२ विद्यार्थीलाई प्रहरीले अपहरण मुक्त ग-यो

अपहरणमा परेका २२ विद्यार्थीलाई प्रहरीले अपहरण मुक्त ग-यो

२०७८, आषाढ २२ मंगलवार

  • 1.3K
    SHARES

  • अपहरणमा परेका २२ विद्यार्थीलाई प्रहरीले अपहरण मुक्त ग-यो

    बेइजिङ । नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका २७ जना बालबालिकालाई सकुशल अपहरणमुक्त गरिएको छ ।

    नाइजेरियाको उत्तरपश्चिमी प्रान्त कादुनाबाट अपहरणमा परेका ती बालबालिकालाई प्रहरीले अपहरणमुक्त गरेको बताएको छ । उनीहरुलाई सकुशल अपहरण मुक्त गराइएको प्रहरीले जानकारी दिएको छ । 

    प्रहरीले दिएको जानकारी अनुसार नाइजेरियाको दामिसी नगरको एक विद्यालयबाट अपहरणमा परेका उनीहरुलाई मुक्त गरिएको हो ।

    सो विद्यालष्यबाट उनीहरुलाई सोमबार अज्ञात व्यक्तिहरुले अपहरण गरेका थिए । साथै त्यहाँबाट अरु पनि कैयौँ विद्यार्थी अपहरणमा परेका थिए । 

    उनीहरुलाई अपहरण गर्ने योजनाका साथ ती अज्ञात व्यक्तिहरु हतियारसहित पुगेका थिए । उनीहरुले सो विद्यालयका सुुरक्षा गार्डलाई गोली प्रहार गरेर विद्यालय भित्र छिरेका र अपहरण गरेका थिए । 

    छात्रबासमा रहेका विद्यार्थीलाई अपहरण गरिएको प्रहरीले जनाएको छ । बाँकी विद्यार्थीलाई पनि अपहरणमुक्त गराउनका लागि प्रहरीले प्रयास गरिरहेको जनाएको छ । एजेन्सी

    २०७८, आषाढ २२ मंगलवार०५:४८:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार