भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार सङ्क्रमित, ४७ हजार २४० जना सङ्क्रमणमुक्त 

भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार सङ्क्रमित, ४७ हजार २४० जना सङ्क्रमणमुक्त 

२०७८, आषाढ २३ बुधवार

  • 929
    SHARES

  • भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार सङ्क्रमित, ४७ हजार २४० जना सङ्क्रमणमुक्त 

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ४३ हजार ७३३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५९ हजार ९२० पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या थोरै भएको १०२ दिनपछि पहिलो पटक भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म कुल सङ्क्रमित मध्ये १.५ प्रतिशत मात्रै अहिले सक्रिय सङ्क्रमित रहेका हुन् । 

    भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुइ करोड ९७ लाख ९९ हजार ५३४ रहेको छ । ती मध्ये ४७ हजार २४० जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।

    यो तथ्याङ्क अनुसार भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या ९७.१८ प्रतिशत रहेको छ ।  

    भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार अहिलेसम्म ४२ करोड ३३ लाख ३२ हजार ९७ ओटा स्वाब परिक्षण गरिएको छ । ती मध्ये १९ लाख सात हजार २१६ जना पछिल्लो एक दिनमा गरिएको हो । 

    २०७८, आषाढ २३ बुधवार०१:५९:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार