डेनमार्कलाई २-१ ले पराजित गर्दै इंग्ल्याण्ड युरोकपको फाइनलमा

डेनमार्कलाई २-१ ले पराजित गर्दै इंग्ल्याण्ड युरोकपको फाइनलमा

२०७८, आषाढ २४ बिहिवार

  • 1.1K
    SHARES

  • डेनमार्कलाई २-१ ले पराजित गर्दै इंग्ल्याण्ड युरोकपको फाइनलमा

    काठमाडौं । इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो।

    ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ५५ वर्षपछि पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९९६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि जितेको थियो ।

    इंग्ल्याण्डले अब उपाधिका लागि इटलीसँग आइतबार फाइनल खेल्नेछ ।

    वेम्वलीमा बुधबार राति भएको खेलमा इंग्ल्याण्डले एक गोलले पछि परेको स्थिति उल्टाउँदै डेनमार्कविरुद्ध पुनरागमन जित हात पारेको हो ।

    कप्तान ह्यारी केनले १०४औं मिनेटमा विजयी गोल गरे ।

    खेलको ३०औं मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । पहिले गोल गरेपछि डेनमार्कले अग्रतालाई कायम राख्न सकेन ।

    ३९औं मिनेटमा इंग्ल्याण्डले आत्मघाती गोल मद्दतमा खेल बराबरी गर्‍यो । इंग्ल्याण्डका बुकाय साकोको क्रस क्लियर गर्ने क्रममा डेनमार्कका कप्तान सिमोन केयरले आफ्नै पोष्टमा गोल गरे ।

    ९० मिनेटको खेल बराबरी भएपछि अतिरिक्त समयमा केनले विजयी गोल गरे ।

    १०४औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । केनको पेनाल्टी प्रहार डेनिस गोलकिपर क्यासपर स्माइकल्सले बचाएका थिए तर रिबाउण्डमा केनले नै गोल गरेर फाइनलमा इटलीसँगको भेट पक्का गरे । 

    २०७८, आषाढ २४ बिहिवार०८:२८:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार