पौष १, काठमाडौं ।
आज बुधबार नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ।
बुधबार ६ अंकले घटेको बजारमा ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। नेप्से सूचक ६.२० अंकले घटेर २०५५ अंकमा रोकिँदा ५ अर्ब १५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंकको मात्रै करिब ४० करोड रुपैयाँको सेयर किनबेच हुँदा नेपाल लाइफको करिब ३२ करोड र नेपाल पुनर्बीमा कम्पनीको २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
नबिल बैंकको १८ करोड रुपैयाँको किनबेच हुँदा शिखर इन्स्योरेन्सको १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
आज लघुवित्त समूहमा सर्वाधिक ७६।५७ अंकको बढोत्तरी भएको छ। व्यापार समूह २४.१६ अंकले बढेको यो दिन बैंकिङ समूह ०.९५ अंक, होटेल्स् समूह ७.२७ अंक, विकास बैंक समूह ९.६ अंक, उत्पादन तथा प्रशोधन समूह २०.७२ अंक र म्युचुअल फन्ड समूह ०.०१ प्रतिशतले उकालो लागेका छन्।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा छ्याङ्दी हाइड्रोपावर, महुली लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, आएएमडीसी लघुवित्त, माउन्टेन इनर्जी र सुर्योदय लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ। नेपाल फाइनान्स र गुडविल फाइनान्सको सेयर मूल्य ३र३ प्रतिशतले घटेको छ।
१९९ कम्पनीका १ करोड कित्ता सेयर कारोबार हुँदा ७६ कम्पनीको मूल्य बढेको छ ।