नेकपा स्थायी कमिटी बैठक शुरु

नेकपा स्थायी कमिटी बैठक शुरु

२०७७, पौष १ बुधवार

  • 2.1K
    SHARES

  • नेकपा स्थायी कमिटी बैठक शुरु

    पौष १, काठमाडौं ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

     बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी भएको उनका प्रेस सल्लाहकार थापाले बताए । आज अपराह्न १ बजे बस्ने भनिएको बैठक तीन घण्टा ढिलो बस्न थालेको हो ।

    आजै बिहान पार्टीभित्रको विवाद समाधानलगायत विषयमा अध्यक्षद्वय ओली र  पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।उनिहरुबीच भएको छलफलपछि मात्र बैठक बस्न थालेको हो । 

    यसअघि गत मङ्सिर २८ गते बसेको स्थायी कमिटी बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रकट गर्दै स्थगन भई आजका लागि डाकिएको थियो । 

    २०७७, पौष १ बुधवार०४:२९:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार