माहामारीको चौथो लहरमा प्रवेश गरेको भनिएको दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दै

माहामारीको चौथो लहरमा प्रवेश गरेको भनिएको दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दै

२०७८, आषाढ २७ आइतवार

  • 965
    SHARES

  • माहामारीको चौथो लहरमा प्रवेश गरेको भनिएको दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दै

    सोल । दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका बताइएको छ । यहाँका अधिकारीहरुले शनिबार पनि यहाँ चौथो दिन कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ ।

    दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का संक्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् । 

    प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र एक हजार ३७८ जना कोभिडका संक्रमितहरु भेटिएका हुन् । 

    दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएका हुन् । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा चार दिनदेखि निरन्तर रुपमा संक्रमितहरु बढ्दै गएको बताएका हुन् । 

    योसँगै दक्षिण कोरियामा कोभिडका संङ्क्रमितको संख्या १ लाख ६६ हजार ७२२ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ ।    

    यहाँका अधिकारीहरुले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको पनि बताएका छन् ।
         
    दक्षिण कोरियामा केही हप्ताअघिसम्म ७०० भन्दा बढी संक्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।

    यहाँका स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५४ प्रतिशत बढी देखिएको छ ।
         
    यो तथ्यांक आएपछि यहाँका स्वास्थ्य अधिकारीहरुले गत बुधबार नै दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए ।

    शनिबार देखिएका यी संक्रमतिहरुमा करिब आधाजति त राजधानी सोलकै रहेका पाइएको छ । कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ । 

    यहाँ यो संक्रमणबाट मृत्यु हुनेको संख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् । -एजेन्सी । 

    २०७८, आषाढ २७ आइतवार०७:००:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार