अल्जेरियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

अल्जेरियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

२०७८, आषाढ २७ आइतवार

  • 861
    SHARES

  • अल्जेरियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

    अल्जेर्स । अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । स्वाब परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् ।  

    सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थालेका छन् । उनले कोरोनाभाइरस सम्वन्धी मापदण्डहरुको पालना पनि गर्नु भएको उनको सचिवालयले जानकारी दिएको छ । घर भित्र छुट्टै बसेपनि उनले कतिपय काम भने गरेका सचिवालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

    उनलाई सङ्क्रमण पुष्टि भएपनि अवस्था भने सामान्य नै रहेको जनाइएको छ । उनलाई देशका बरिष्ठ चिकित्सकहरुको निगरानी पनि रहेको छ । 

    बेनाब्डेराहमन यही जुन ३० तारिखमा अल्जेरियाको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अल्जेरियामा पछिल्ला केहीदिन देखि कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बृद्धि भएको छ । 

    अहिले दैनिक झण्डै दुई सय जनाको दरले सङ्क्रमितहरुको सङ्ख्या बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । एजेन्सी । 

    २०७८, आषाढ २७ आइतवार०३:२७:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार