कोरोना अपडेट: थप ७३६ जनामा कोरोना पुष्टि

कोरोना अपडेट: थप ७३६ जनामा कोरोना पुष्टि

२०७७, पौष १ बुधवार

  • 2.1K
    SHARES

  • कोरोना अपडेट: थप ७३६ जनामा कोरोना पुष्टि

    पौष १, काठमाडौं ।

    पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ ।

    हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ रहेको छ ।

    हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ९ हजार ७५७ रहेको छ ।

     

     

    २०७७, पौष १ बुधवार०४:५१:१८
    प्रतिक्रिया
    सम्बन्धित समाचार