एमाले स्थायी कमिटी बैठक ४ बजे

एमाले स्थायी कमिटी बैठक ४ बजे

२०७८, आषाढ २७ आइतवार

  • 901
    SHARES

  • एमाले स्थायी कमिटी बैठक ४ बजे

    काठमाडौं । नेकपा(एमाले) स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ ।

    एमाले विवाद समाधान कार्यदलको बैठक चलिरहेका सन्दर्भमा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    कार्यदलले सहमति तयार गरेमा आजै स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ ।

    सिंहदरबारमा आज बिहान ९ बजे शुरु भएको कार्यदल बैठक अहिले पनि जारी छ ।

    कार्यदलका सदस्यले आजै सुखद् समाचार आउने जानकारी शनिबार दिएका थिए । 

    २०७८, आषाढ २७ आइतवार०३:५४:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार