अफगानिस्तानका आधा मानिसलाई मानवीय सहायतको आवश्यकता : राष्ट्रसङ्घ

अफगानिस्तानका आधा मानिसलाई मानवीय सहायतको आवश्यकता : राष्ट्रसङ्घ

२०७८, आषाढ २९ मंगलवार

  • 885
    SHARES

  • अफगानिस्तानका आधा मानिसलाई मानवीय सहायतको आवश्यकता : राष्ट्रसङ्घ

    काबुल । लामो समयदेखि द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ । 

    संयुक्त राष्ट्रसङ्घीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कूल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो । 

    मानवीय सहायता आवश्यक परेकामध्ये पाँच वर्षमुनिका बालबालिका पनि अग्रसूचीमा रहेका छन् । अफगानिस्तानका धेरै बालबालिकालाई कुपोषणको समस्या रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ । 

    त्यसैगरी कोरोनाभाइरसलगायतका रोग तथा विभिन्न प्रकोप पनि मानवीय सहायता आवश्यकताका कारण रहेका छन् ।

    अफगानिस्तानका लागि राष्ट्रसङ्घको महासचिवका उपविषेश प्रतिनिधि रामिज अल्काब्रोभले आक्रमण र मृत्युका घटनाहरु भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको उल्लेख गरेका छन् ।  

    उनले मानवीय सहायता आवश्यक परेका मानिसलाई सहयोगका लागि सबैलाई आह्वानसमेत गरेका छन् । -एजेन्सी । 

    २०७८, आषाढ २९ मंगलवार०६:३१:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार