बङ्लादेशमा ईदका लागि एक हप्ता लकडाउन हटाइने

बङ्लादेशमा ईदका लागि एक हप्ता लकडाउन हटाइने

२०७८, आषाढ ३० बुधवार

  • 833
    SHARES

  • बङ्लादेशमा ईदका लागि एक हप्ता लकडाउन हटाइने

    ढाका । बङ्लादेशमा लागू हुदै आएको लकडाउन एक हप्ताका लागि हटाउने निर्णय भएको छ । 

    इस्लाम धमौवलम्बीहरूको महान चाड ईद उल अजहालाई लक्षित गरेर एक हप्ता लकडाउन हटाउने निर्णय सरकारले गरेको हो । 

    यही जुलाई १५ देखि २२ सम्म लकडाउन खुल्ला गर्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद उल अजहा बङ्लादेशमा यस वर्ष जुलाई २१ मा मनाइने भएको छ । 

    लकडाउन हटाइए पनि कोरोनाभाइरस नफैलिनका लागि अपनाउनु पर्ने आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनु पर्ने सरकारी अधिकारीहरूले जनाएका छन् । 

    सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क अनिवार्य लगाउनु पर्ने, सेनिटाइजर र साबुन पानीको प्रयोग गर्नुपर्नेलगायतका मापदण्ड पालना गर्नुपर्ने सरकारको निर्णय छ । 

    पसलहरू, सपिङ मललगायतका ठाउँमा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ । 

    बङ्लादेशमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ७६८ जना नयाँ सङ्क्रमित थपिएको अधिकारीहरूले जनाएका छन् । यो नै अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हो । 

    बङ्लादेशमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या १० लाख ३४ हजार ९५७ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । 

    त्यसैगरी पछिल्लो एक दिनमा २२० जनाको मृत्यु भएको छ । योसँगै बङ्लादेशमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कूल सङ्ख्या १६ हजार ६३९ पुगेको पुगेको छ ।- एजेन्सी । 

     

    २०७८, आषाढ ३० बुधवार०६:४०:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार