बालुवाटार छोड्दै ओली, युवासंघ र महासंघका कार्यकर्ताले बालकोटसम्म स्कर्टिङ गर्ने

बालुवाटार छोड्दै ओली, युवासंघ र महासंघका कार्यकर्ताले बालकोटसम्म स्कर्टिङ गर्ने

२०७८, आषाढ ३० बुधवार

  • 1.8K
    SHARES

  • बालुवाटार छोड्दै ओली, युवासंघ र महासंघका कार्यकर्ताले बालकोटसम्म स्कर्टिङ गर्ने

    काठमाडौं। सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । 

    वुधवार बिहान ११ बजे निजी निवास बालकोट सर्न लागेका ओलीलाई नेकपा एमालेको भातृ संगठन युवासंघ र नेपाल खेलकुद महासंघका कार्यकर्ताले स्कर्टिङ गर्ने भएका छन्।

    एमाले नेता महेश बस्नेतका अनुसार ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै बालकोटसम्म लानेछन् ।

    यसका लागि बस्नेतले बालुवाटारमा ११ बजे भेला हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

    त्यसै गरि नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले हार्दिक आमन्त्रण नै तयार गरेर खेलाडी तथा पदाधिकारीलाई १०ः३० बजे बालुवाटार आईपुग्न भनेका छन् । 

    २०७८, आषाढ ३० बुधवार०८:४१:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार