काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास फर्किएका छन् ।
उनलाई बालुवाटार देखि बालकोट सम्म पुग्न एमालेको भातृ संगठन युवा संघ, अनेरास्ववियु, खेलकुद महासंघ र पार्टीका नेता कार्यकर्ताले यात्रामा साथ दिएका थिए ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो ।
नवनियुक्त प्रधानमन्त्री देउवाले मङ्गलबार प्रधानमन्त्रीका रुपमा शपथग्रहण गरेपछि आज निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाडेका हुन् ।


