काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल विरुद्ध तिब्र आक्रोश व्यक्त गरेका छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै ओलीले अन्य नेतालाई एमालेमा ठाउँ भएपनि माधव नेपाललाई भने कुनै ठाउँ नदिइने चेतावनी दिएका छन् ।
‘अरुले आत्मआलोचना गरे भने ठाउँ दिन सकिन्छ’, बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन।’
ओलीलाई बालुवाटारबाट बुधबार दिउँसो एमालेको भातृ संगठन युवा संघ, अनेरास्ववियु, खेलकुद महासंघ र पार्टीका नेता कार्यकर्ताले बाजागाजासहित बालकोट लगेका हुन्।
ओलीका समर्थकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नेपालविरूद्ध नाराबाजी गरेका छन्।
‘माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे’ भन्दै नारावाजी गरेका हुन्।
पुर्व प्रधानमन्त्री ओलीले उच्र्छंखल नारा नलगाउन खबर पठाए पनि आक्रोशित कार्यकर्ताले उक्त नारा लगाएका स्रोत बताउँछ ।