पाकिस्तानसँगको सीमा नाका तालिबान समूहद्वारा कब्जा गरेको दावी

पाकिस्तानसँगको सीमा नाका तालिबान समूहद्वारा कब्जा गरेको दावी

२०७८, आषाढ ३१ बिहिवार

  • 797
    SHARES

  • पाकिस्तानसँगको सीमा नाका तालिबान समूहद्वारा कब्जा गरेको दावी

    कान्दाहार । तालिबानले अफगानिस्तान र पाकिस्तानबीचको एउटा मुख्य सीमा चौकीमा आफ्नो झण्डा गाडेर उक्त चौकीलाई आफूले नियन्त्रणमा लिएको दाबी गरेका छन् । 

    सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा सेतो झण्डा फहराइरहेको देखिन्छ ।

    यद्यपि अफगान अधिकारीहरूले उक्त चौकी तालिबानद्वारा कब्जा गरिएको कुरालाई अस्वीकार गरेका छन् ।

    तर सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा तालिबान विद्रोहीहरूले पाकिस्तानी सीमा सुरक्षा बलसँग कुराकानी गरिरहेको देखिन्छ ।

    तालिबानले उक्त सीमा नाकालाई नियन्त्रणमा लिएको दावी सञ्चारमाध्यमहरूसँग गरेका बताइएको छ । हालैका साताहरूमा तालिबान विद्रोहीहरूले देशैभरि आफ्नो नियन्त्रणलाई फैलाएका छन् ।

    उनीहरूले श्रृङ्खलावद्धरूपमा सीमा चौकीहरूलाई अफगान फौजबाट आफ्नो नियन्त्रणमा लिइरहेका समाचारहरू सार्वजनिक भइरहेका छन् ।
    यसरी कब्जा गरिएका सिमा क्षेत्रहरूमा इरान, ताजिकिस्तान र तुर्केमेनिस्तानको सीमा नाकामा रहेका चौकीहरू रहेका छन् ।

    राष्ट्रपति जो बाइडनले तय गरेको मिति सेप्टेम्बर ११ भन्दा अघि नै अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेपछि तालिबानले आफ्ना आक्रमणहरूलाई सशक्त पार्दै गइरहेका छन् । 

    २० वर्षअघि अमेरिकी सेनाको नेतृत्वमा तालिवानको नेतृत्वमा रहेको सरकारलाई नेटो सेनाको सहयोगमा विस्थापित गरिएको थियो ।- एजेन्सी । 

     

    २०७८, आषाढ ३१ बिहिवार०७:११:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार