श्रीलङ्काका ३६ प्रतिशतले पाए कोरोनाको पहिलो खोप

श्रीलङ्काका ३६ प्रतिशतले पाए कोरोनाको पहिलो खोप

२०७८, आषाढ ३१ बिहिवार

  • 873
    SHARES

  • श्रीलङ्काका ३६ प्रतिशतले पाए कोरोनाको पहिलो खोप

    कोलम्बो । श्रीलङ्काका ३० बर्षमाथीका कुल मानिस मध्ये ३६ प्रतिशतले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    देशको स्वास्थ्य प्रवद्र्धन विभागले उनीहरुले कम्तीमा एउटा खोप लगाएको विवरण बिहीबार सार्वजनिक गरेको हो ।  

    विभागले कोरोनाभाइरसको महामारीबाट सवैभन्दा धेरै प्रभावित भएको राजधानी कोलम्बोका भने ७० प्रतिशतलाई कम्तीमा एउटा खोप प्रदान गरिएको पनि जनाएको छ ।

    ती मध्ये २५ प्रतिशतले दुवै खोप प्राप्त गरिसकेको पनि विभागले जानकारी दिएको छ ।

    “देशको पश्चिमी प्रान्तको गाम्पाहा जिल्लामा ६६ प्रतिशतले कम्तीमा एउटा खोप पाएका छन् भने ती मध्ये २१ प्रतिशतले दुवै खोप लगाएका छन्” एक अधिकारीले भने ।

    श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षले देशमा बस्ने र खोप लगाउन मिल्ने सवैलाई खोप लगाउने अभियान चलाइएको जानकारी दिएका छन् ।  

    आगामी सेप्टेम्बर अगाडिसम्ममा खोप लगाउन योग्य सवैलाई खोप लगाइसक्ने योजना बनाइएको र त्यसका लागि विषेश संयन्त्र समेत परिचालन गरिएको उनले बताए । -एजेन्सी । 

    २०७८, आषाढ ३१ बिहिवार०८:३३:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार