भारतका प्रधानमन्त्री र राष्ट्रपतिबीच महत्वपूर्ण विषयमा छलफल

भारतका प्रधानमन्त्री र राष्ट्रपतिबीच महत्वपूर्ण विषयमा छलफल

२०७८, श्रावण १ शुक्रवार

  • 869
    SHARES

  • भारतका प्रधानमन्त्री र राष्ट्रपतिबीच महत्वपूर्ण विषयमा छलफल

    नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राष्ट्रपति रामनाथ कोभिन्दसँग भेटवार्ता गरेका छन् ।  

    राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रमममा उनीहरूबीच महत्वपूर्ण विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।  

    सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति कार्यालयले लेखेको छ, “राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा राष्ट्रपति भवनमा आज महत्वपूर्ण छलफल भएको छ ।”

    भारतको वर्षे अधिवेशन सुरु हुन लागेको पूर्वसन्ध्यामा उहाँहरूका बीचमा भेटवार्ता भएको हो । भारतको वर्षे अधिवेशन यही जुलाई १९ देखि सुरु हुने तय भएको छ । 

    भारतका राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा भएका महत्वपूर्ण छलफलका बारेमा भने विस्तृत जानकारी दिइएको छैन । 

    यसअघि प्रधानमन्त्री मोदीले वाराणसीमा विभिन्न विकास परियोजनाहरूको उद्घाटन गरेका थिए । त्यो परियोजनालाई महत्वपूर्ण परियोजना मानिएको छ । -एजेन्सी । 

    २०७८, श्रावण १ शुक्रवार०७:३०:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार