समसामयिक राजनीतिक विषयमा गठबन्धनका नेताबीच छलफल

समसामयिक राजनीतिक विषयमा गठबन्धनका नेताबीच छलफल

२०७८, श्रावण १ शुक्रवार

  • 1.1K
    SHARES

  • समसामयिक राजनीतिक विषयमा गठबन्धनका नेताबीच छलफल

    काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्को बैठकलगायतका विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताका बीचमा छलफल भएको छ । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि गठबन्धनको बैठक बसेको हो ।

    बैठकमा सहभागी नेताहरुका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । बैठकमा सहभागी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका अनुसार गठबन्धनको भावनाअनुसार अगाडि बढ्नेलगायतका विषयमा छलफल केन्द्रित रहेको थियो । 

    बैठकमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,जनता समाजवादी पार्टीका अध्यक्ष यादव, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका माधवकुमार समूहका नेता विजय पौडेलको उपस्थिति थियो ।

    २०७८, श्रावण १ शुक्रवार०७:४९:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार