अत्यधिक वर्षाको कारण युरोपमा १०८ को मृत्यु

अत्यधिक वर्षाको कारण युरोपमा १०८ को मृत्यु

२०७८, श्रावण १ शुक्रवार

  • 929
    SHARES

  • अत्यधिक वर्षाको कारण युरोपमा १०८ को मृत्यु

    बर्लिन । अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी  ९३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा हालसम्म १०८  जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । 

    धेरैको क्षति जर्मनीमा भएको छ भने बेल्जियममा  कम्तीमा ११ जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ । जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ  । 

    यस प्रकोपबाट यहाँ ४३ व्यक्तिको मृत्यु भएको बताइएको छ  ।  यस क्षेत्रमा यसअघि नै ३१ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रवार उक्त क्षेत्रमा धेरै पानी पर्ने पूर्वानुमान गरिएको छ । 

    विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने ठानिएको तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएको छ ।

    नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् । 

    हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एंगेला मर्केलले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुअघि उक्त बाढीलाई विपद्को संज्ञा दिएका छन् । -एजेन्सी

    २०७८, श्रावण १ शुक्रवार०४:२०:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार