अत्यधिक वर्षाको कारण युरोपमा बाढी : १५३ को मृत्यु

अत्यधिक वर्षाको कारण युरोपमा बाढी : १५३ को मृत्यु

२०७८, श्रावण २ शनिवार

  • 913
    SHARES

  • अत्यधिक वर्षाको कारण युरोपमा बाढी : १५३ को मृत्यु

    बर्लिन । अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

    त्यसैसँगै यस प्रकोपबाट युरोप जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । 

    धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा  कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ । 

    जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ  । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएका बताइएको छ  ।  यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए । 

    नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् ।-एजेन्सी  

    २०७८, श्रावण २ शनिवार०२:२१:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार