हंगेरीले अगस्टदेखि तेस्रो खोप लगाउन आह्वान गर्ने

हंगेरीले अगस्टदेखि तेस्रो खोप लगाउन आह्वान गर्ने

२०७८, श्रावण ३ आइतवार

  • 905
    SHARES

  • हंगेरीले अगस्टदेखि तेस्रो खोप लगाउन आह्वान गर्ने

    बुडापेस्ट । हंगेरीले आफ्ना नागरिकहरुलाई कोरोनाभाइरस विरुद्धको खोप तेस्रो पटक लगाउन आह्वान गर्ने भएको छ । 

    प्रधानमन्त्री भिक्टर अर्बानले शुक्रबार दिएको जानकारीअनुसार सरकारले आगामी अगस्टदेखि नागरिकहरुलाई खोपको तेस्रो मात्रा लगाउन आह्वान गर्ने भएको हो । तेस्रो मात्रा खोप लगाउन अनिवार्य नगरिने र लगाउन चाहेकाहरुले भने लगाउने पाइने व्यवस्था गरिने उनले बताए ।  

    “खोप लगाउने योग्य रहेका, आवश्यकता देखिएका, स्वास्थ्य अवस्थाले अनुकूल भएका सबै नागरिकलाई तेस्रो खोप लगाउने व्यवस्था गर्न लागिएको छ”, सार्वजनिक एक रेडियोलाई दिएको अन्तवार्तामा उनले भने । दोस्रो खोप लगाएको कम्तीमा चार महिनापछि मात्रै तेस्रो खोप लगाउन दिइने सरकारले जनाएको छ ।

    कुन व्यक्तिलाई तेस्रो मात्राको खोप लगाउन दिने वा नदिने भन्ने बारेमा उसको सवै स्वास्थ्य विवरण हेरेर चिकित्सकहरुले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ ।  

    “कोरोनाभाइरस विरुद्धको खोपको तेस्रो मात्रा लगाउनका लागि डराउनुपर्ने कुनै कारण छैन, कसैले लगाउन चाहन्छन् भने अवसर पनि दिनुपर्छ भन्ने मान्यताले तेस्रो खोपको व्यवस्था गर्न लागिएको हो,” प्रधानमन्त्री अर्बानले भने । आफ्ना नागरिकको सुरक्षाका लागि यसअघि अरु देशहरुले पनि तेस्रो खोप लगाउन सकिने व्यवस्था गरेका थिए ।- एजेन्सी । 

    २०७८, श्रावण ३ आइतवार०६:४५:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार