मलेसियामा दैनिक मृतकको सङ्ख्या फेरि उच्च

मलेसियामा दैनिक मृतकको सङ्ख्या फेरि उच्च

२०७८, श्रावण ३ आइतवार

  • 929
    SHARES

  • मलेसियामा दैनिक मृतकको सङ्ख्या फेरि उच्च

    क्वालालमपुर । मलेसियामा कोरोनाभाइरसका कारण दैनिक मृत्यु भएकाहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।  

    सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

    योसँगै मलेसियामा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या छ हजार ८६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले एक दिनमा १२ हजार ५२८ नयाँ सङ्क्रमित थपिएको पनि जानकारी दिए । मलेसियामा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या भने नौ लाख पाँच हजार ८५१ पुगेको पनि उनले बताए ।

    उनका अनुसार मलेसियामा एक लाख १९ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये केही गम्भीर अवस्थामा रहेका छन् ।- एजेन्सी । 

     

    २०७८, श्रावण ३ आइतवार०६:४९:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार