कांग्रेस निर्वाचन समिति सदस्य खातीको राजीनामा स्वीकृत

कांग्रेस निर्वाचन समिति सदस्य खातीको राजीनामा स्वीकृत

२०७८, श्रावण ३ आइतवार

  • 985
    SHARES

  • कांग्रेस निर्वाचन समिति सदस्य खातीको राजीनामा स्वीकृत

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरिएको छ ।
     
    उनी नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त भएपछि निर्वाचन समिति सदस्यबाट दिएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले आज स्वीकृत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    प्रधानमन्त्री एवं सभापति देउवाले खातीलाई पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य पदमा रहेर पुर्याएको भएको योगदानको सराहना गर्दै धन्यवाद दिएका छन् । 

    २०७८, श्रावण ३ आइतवार०६:५५:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार