प्रधानमन्त्री देउवा आजै विश्वासको मत लिँदै

प्रधानमन्त्री देउवा आजै विश्वासको मत लिँदै

२०७८, श्रावण ३ आइतवार

  • 909
    SHARES

  • प्रधानमन्त्री देउवा आजै विश्वासको मत लिँदै

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । 
     
    कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।  

    सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा नियुुक्त  नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक प्रावधानअनुुसार विश्वासको मत लिन लागेका हुन् । उनी गत असार २९ प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

    २०७८, श्रावण ३ आइतवार११:४२:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार