भारतमा थप ४१ हजार १५७ नयाँ सङ्क्रमित

भारतमा थप ४१ हजार १५७ नयाँ सङ्क्रमित

२०७८, श्रावण ३ आइतवार

  • 905
    SHARES

  • भारतमा थप ४१ हजार १५७ नयाँ सङ्क्रमित

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार १५७ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख भन्दा बढी पुगेको छ ।

    भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख २२ हजार ६६० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५१८ जनाको मृत्यु भएको पनि मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

    कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १३ हजार ६०९ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।

    गत २४ घण्टामा ४२ हजार ४ जना कोरोना मुक्त भएपछि  भारतमा  तीन करोड २६ लाख ९ हजार ७९६ व्यक्ति कोरोना मुक्त भएका छन् ।

    भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ३९ लाख ५८ हजार ६६३ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख ३६ हजार ७०९ जनाको स्वाब परीक्षण जुलाई १७ का दिन भएको छ । 

    त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना  भाइरस विरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४० करोड ४९ लाख ३१ हजार ७१५ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । -एजेन्सी । 

    २०७८, श्रावण ३ आइतवार०२:२४:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार