स्क्वायर अब बिट्क्वाइन फोकस्ड नयाँ व्यवसायमा 

स्क्वायर अब बिट्क्वाइन फोकस्ड नयाँ व्यवसायमा 

२०७८, श्रावण ३ आइतवार

  • 1.7K
    SHARES

  • स्क्वायर अब बिट्क्वाइन फोकस्ड नयाँ व्यवसायमा 

    काठमाडौं । फाइनटेक कम्पनी ‘स्क्वायर’ इन्कर्पोरेसनले क्रिप्टोकरेन्सी- बिट्क्वाइन लक्षित नयाँ व्यवसाय सुरु गर्ने भएको छ ।

    संसारभर बिट-क्वाइन तथा अन्य क्रिप्टोकरेन्सी अर्थतन्त्रको एउटा मेरुदण्डको रुपमा अभिने सम्भावना देखिए बमोजिम प्रविधि सम्बन्धि कम्पनी स्क्वायरले पनि यसैप्रति लक्षित व्यवसाय सुरु गर्ने भएको हो ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले ट्वीट गर्दै स्क्वायरले यसको तयारी गरिरहेको बताएका छन् । कम्पनीले एक ओपन डेभलोपर प्लेटफर्म बनाएर विकेन्द्रीकृत आर्थिक कारोबार सम्बन्धी व्यवसाय गर्नेछ ।

    ‘नयाँ व्यवसायको नाम (टीबीडी) हुनेछ’, सीईओ डोर्सेले ट्वीटमा भनेका छन् । तर, उनले यसलाई व्याख्या भने गरेका छैनन् ।

    स्क्वायरको यो नयाँ व्यवसायको नेतृत्व माइक ब्रोकले गर्ने पनि जनाइएको छ । ब्रोक अहिले स्क्वायरको भुक्तानी प्रदायक क्यास एपमा स्ट्र्याटिजिक डेभलोपमेन्ट ग्रुपका प्रमुख हुन् ।

    २०७८, श्रावण ३ आइतवार०३:३८:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार