विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान

विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान

२०७८, श्रावण ३ आइतवार

  • 981
    SHARES

  • विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान

    काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ ।
     
    नयाँबानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले विश्वासको मतका पक्षमा मतदान गर्न आफ्ना सबै सांसदलाई निर्देश (ह्वीप) जारी गरेको दलका सचेतक पुष्पा भुसालले सञ्चारकर्मीलाई जानकारी दिइन् ।  

    बैठकले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको जनाउँदै सो फैसलाको स्वागत गरको छ । साथै यसका लागि सहयोग गर्ने बुद्धिजीवी, नागरिक समाज, पत्रकार जगतलाई धन्यवाद दिएको छ । 

    सचेतक भुसालले वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुनेमा संसदीय दल विश्वस्त रहेको जानकारी पनि दिए । असार २८ गतेको सर्वोच्च अदालतको परमादेशअनुसार असार २९ गते नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता देउवा संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

    २०७८, श्रावण ३ आइतवार०४:२५:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार