नेकपा एमाले उपाध्यक्ष भीम रावलले दिए प्रतिनिधिसभा सदस्यबाट राजीनामा 

नेकपा एमाले उपाध्यक्ष भीम रावलले दिए प्रतिनिधिसभा सदस्यबाट राजीनामा 

२०७८, श्रावण ३ आइतवार

  • 1.8K
    SHARES

  • नेकपा एमाले उपाध्यक्ष भीम रावलले दिए प्रतिनिधिसभा सदस्यबाट राजीनामा 

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले हतार हतार लिन लागेको विस्वासको मतप्रति असन्तुष्ट जनाउदै उनले राजिनामा दिने घोषणा गरेका हुन् ।

    रावलले आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै उनले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बुझिएको छ ।

    रावलले आफु पार्टी एकताको पक्षमा उभिए पनि अनैतिक राजनीति हुन थालेपछि सो खेलबाट अलग हुनलाई राजीनामा दिन लागेको रावलले बताएका छन् ।

    २०७८, श्रावण ३ आइतवार०४:३५:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार