काठमाडौं । नेकपा (एमाले) का युवा सांसदहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भुषालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् ।
माधव नेपालनिकट चारै जना सांसदहरु देउवालाई मत दिए एमाले टुक्रिने निश्कर्षमा पुगेका हुन् । माधव नेपालले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
नेकपा (एमाले) ले संस्थागत रुपमा निर्णय गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । तर, नेपाल पक्षले भने विश्वासको मत दिन आव्हान गरेको छ ।
असार २८ गते सर्वोच्चले फैसला गर्दै विश्वासको मत दिँदा सांसदहरुलाई ह्वीप नलाग्ने भनेर आदेशमा नै भनिसकेको छ । यद्यपि मतदान आज साँझ हुने छ ।