जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण सम्पन्न

जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण सम्पन्न

२०७८, श्रावण ४ सोमवार

  • 1.0K
    SHARES

  • जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण सम्पन्न

    धनुषा । देश कै एक मात्र बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको आज गति परीक्षण र सर्टिफिकेशन गर्ने कार्य सम्पन्न गरिएको छ । जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्थास्थित मुख्य स्टेशनसम्म स्पिड परीक्षण र सर्टिफिकेशन गर्ने कार्य गरेको हो । 

    भारतीय कोकर्ण कम्पनीका प्रतिनिधि तथा नेपालका महाप्रबन्धक गुरु भट्टराईद्वारा संयुक्त रुपमा निरीक्षण पश्चात जनकपुरधामको कुर्था रेल्वे स्टेशनमा पूजा गरिएको थियो ।

    स्पिड परीक्षणसम्बन्धी जानकारी दिँदै महाप्रबन्धक भट्टराईले भारतीय डव्लु डि एम थ्रीडी नामको इञ्जिन तथा दुई मालवाहक डब्बासहित आएको ट्रेन आउने बेलामा ६० प्रतिकिलो मिटरको स्पिडमा आएको र फर्कने बेलामा १२० को स्पिडमा फर्किएको बताए ।

    उनले स्पिड चेकका क्रममा भारतीय रेल्वेका ड्राइभरलाई नेपालको रेल्वे ट्रयाकसम्बन्धी ज्ञान नभएका कारण आउने समयमा ६० को स्पिडमा ल्याइएको र फर्किने बेलामा १२० को स्पिडमा फर्केको जनाए । 

    महाप्रबन्धक भट्टराईले आज गरिएको परीक्षण सफल भएको बताए । उनले रेल ट्रयाकमा कही कतै कुनै समस्या नदेखिएको जनाए । उनले लिकको समय समयमा मर्मत तथा पुलको पनि सबै काम भइसकेकाले समस्या नरहेको बताउए ।

    ट्रयाक परीक्षण सफल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खजुरीदेखि कुर्थासम्म रेल आइपुग्दा कुनै पनि स्थानमा क्षति नभएको जिप्रकाले जनाएको छ । परीक्षणका क्रममा ट्रयाक तथा स्टेशनमा पर्याप्त सुरक्षाकर्मी तथा कर्मचारी खटाइएको थियो ।

    पूर्वाधार र जनशक्ति तयारी अवस्थामा

    सरकारले पटक पटक नेपालमा रेल चल्ने भनेर मिति तोके पनि रेल्वे सञ्चालनमा आउन सकेको छैन । भारत सरकारको सहयोगमा रु पाँच अर्ब ४८ करोड लगानीमा पूर्वाधार निर्माण भइसकेको छ ।

    सरकारले जिटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) प्रक्रियामार्फत रु ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरिद गरेका दुई रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेका थिए ।

    अगाडि र पछाडि गुड्न सक्ने सो रेल अहिले जनकपुरको इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ ।

    २०७८, श्रावण ४ सोमवार०७:०८:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार