बाढीले घर भत्काउँदा मुम्बईमा २५ को मृत्यु

बाढीले घर भत्काउँदा मुम्बईमा २५ को मृत्यु

२०७८, श्रावण ४ सोमवार

  • 1.9K
    SHARES

  • बाढीले घर भत्काउँदा मुम्बईमा २५ को मृत्यु

    मुम्बई । भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । 

    अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो । बाढीले धेरै भौतिक संरचनामा क्षति पु-याएको छ । 

    भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।  

    बाढीले रेल सेवालगायतका यातायात सेवा समेत अवरुद्ध हुँदा हजारौँ मानिस अलपत्र परेको पाइएको छ । 

    बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा मृत्यु भएको हो । 

    मुम्बइको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउसो १ बजे घटना भएको हो । घटनामा परी अरु सात जना घाइते समेत भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।- एजेन्सी । 

    २०७८, श्रावण ४ सोमवार०७:२८:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार