काठमाडौं । नेकपा (एमाले) भित्र चलिरहेको विवाद दुखद वियोगान्त झल्कने पटकथामा टुंगिएको छ । नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै एमाले भित्रको विवाद छताछुल्ल भएको हो ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको किचनमै पुगेर उनको गतिविधिलाई नजिकबाट देख्ने बुझ्नेले नै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिए सँगै धेरैकुरा सतहमा आएको छ ।
कतिपयले बालुवाको थुप्रोमा उभिएर चट्टानमा उभिएको महशुस गर्ने ओलीलाई गतिलो सवक मिलेको समेत भनेका छन् ।
एमाले पार्टी एक भनिएता पनि ओलीपक्षका ८, माधव पक्षका १४ गरि २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् भने ओली पक्षधर ८३ सांसदले अविश्वासको प्रस्तावमा मतदान गरेका छन् ।
त्यस्तै माधव पक्षधर भनेर चिनिएका ११ जना सांसदले मतदान बहिष्कार गरेका छन् ।
देउवालाई विश्वासको मत दिने यी हुन् ओली पक्षका ८ सांसद
गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार (किसन) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी
विश्वासको मत दिने नेपाल पक्षका १४ सांसद
माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, मीरा जैरी, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी
मतदान बहिष्कार गर्ने एमाले ११ सांसद
गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, झपट रावल, यज्ञ सुनुवार, सोमप्रसाद पाण्डे, भीम रावल, दीपक प्रकाश भट्ट, नारायण खतिवडा, राजबहादुर बुढा र योगेश भट्टराई