दुर्घटनामा परी पाकिस्तानमा २७ को मृत्यु, ३० घाइते

दुर्घटनामा परी पाकिस्तानमा २७ को मृत्यु, ३० घाइते

२०७८, श्रावण ४ सोमवार

  • 885
    SHARES

  • दुर्घटनामा परी पाकिस्तानमा २७ को मृत्यु, ३० घाइते

    इस्लामावाद । पाकिस्तानमा सोमबार विहान भएको सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

    देशको पञ्जाव प्रान्तअन्तर्गत पर्ने डेरा घाजी खान जिल्लाको टौन्सा बाइपासनजिकै  भएको घटनाका कारण अरु ३० जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    तिव्र गतीमा आएको बस ट्याक्टरको पछिल्लो भागसँग ठोक्कीदाँ दुर्घटना भएको घटनास्थलमा पुगेका प्रहरीहरुले जनाएका छन् । घटनाका बारेमा थाहा पाउनासाथ प्रहरी र उद्धारकर्ताहरु घटनास्थलमा पुगेका थिए । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

    घाइतेहरुलाई नजिकैका अस्पतालहरुमा भर्ना गरेर उपचार भइरहेको जनाइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ । -एजेन्सी

    २०७८, श्रावण ४ सोमवार०१:१८:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार