अब तारेकश्वरको आफ्नै प्रशासकीय भवन

अब तारेकश्वरको आफ्नै प्रशासकीय भवन

२०७७, पौष २ बिहिवार

  • 1.2K
    SHARES

  • अब तारेकश्वरको आफ्नै प्रशासकीय भवन

    पौष २, काठमाडौं ।  

    तारकेश्वर नगरपालिकाले नयाँ प्रशासकीय भवन बनाउने भएको छ । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्य र तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले संयुक्त रुपमा बुधबार भवनको शिलान्यास  गरेका हुन् । 

    सो कार्यक्रममा जिसस प्रमुख राजवैद्यले नयाँ भवन निर्माण पछि नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहमा थप सहजता आउने विश्वास व्यक्त गरे ।

    नगरप्रमुख बोहराले भवन तोकिएको समय भन्दा अगाडि नै गुणस्तरीय निर्माण सम्पन्न गर्न अनुगमन गर्ने जानकारी दिए। 

    नगरपालिकाले आगामी ३० महिनाभित्र भवन सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको प्रक्रिया अघि बढाएको हो । यसका लागि जिसस रु १० करोड र बाँकी नगरपालिकाबाट उपलब्ध गराइने बताइएको छ । 

    भवन चार तले अपाङ्गमैत्री हुनेछ । सबै विषयगत शाखा र नगरको प्रशासन सञ्चालनका लागि सभा हल समेत हुनेछन् । हाल प्रयोग भएको भवन साविकको गाविस भवन हो ।

    गाविसको साँघुरो भवनबाट सेवा प्रवाहमा समस्या हुँदै आएको छ । नगरपालिको आफ्नै सभाहल छैन । यसका कारण नगरपालिकाले गर्ने सभा र अन्य कार्यक्रम निजी होटलमा हुने गर्दछन् ।  

    २०७७, पौष २ बिहिवार०१:११:४८
    प्रतिक्रिया
    सम्बन्धित समाचार