एमाले काठमाडौँ १ को नविकरण युद्धस्तरमा 

एमाले काठमाडौँ १ को नविकरण युद्धस्तरमा 

२०७८, श्रावण ४ सोमवार

  • 1.5K
    SHARES

  • एमाले काठमाडौँ १ को नविकरण युद्धस्तरमा 

    काठमाडौं । नेकपा एमाले काठमाडौँ  क्षेत्र नं १ ले पार्टी नविकरण कार्यलाई तिब्रता दिएको छ । 

    असार मसान्त सम्ममा पार्टी नविकरण गरिसक्न केन्द्रीय निर्देशन भएपनि पार्टीमा देखिएको समस्याका कारण केही ढिलाई भएको हो । 

    पार्टीले नविकरण फर्म अनिवार्य रुपमा भरेर पठाउनु भनेकाले थप केही समय लागेको हो क्षेत्रीय इन्चार्ज समेत रहेका काठमाडौं जिल्ला कमिटि सचिवालय सदस्य एवं प्रदेश सांसद गणेश दुलालले बताए ।

    भोलिसम्म क्षेत्रमा रहेका संगठित सदस्यको नविकरण फर्म भरेर जिल्ला कमिटीलाई हस्तान्तरण गर्ने नेता दुलालले बताएका छन् ।

    क्षेत्रमा रहेका ९० प्रतिशत भन्दा बढी सदस्यले फर्म भरिसकेका र केही बाँकी रहेका संगठित सदस्यको समेत नविकरण फर्म प्राप्त हुनेक्रममा रहेको नेता दुलालको भनाई छ ।

    काठमाडौं महानगरका चारवटा वडाहरु वडा नं. १०, ११, २९ र ३१ रहेको यस क्षेत्रमा नेकपा एमालेका १९५५ संगठित सदस्य रहेका छन् । 

    २०७८, श्रावण ४ सोमवार०९:४६:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार