ङ्ल्याण्डमा कोभिड–१९प्रतिबन्धहरू खुकुलो पारिने

ङ्ल्याण्डमा कोभिड–१९प्रतिबन्धहरू खुकुलो पारिने

२०७८, श्रावण ५ मंगलवार

  • 869
    SHARES

  • ङ्ल्याण्डमा कोभिड–१९प्रतिबन्धहरू खुकुलो पारिने

    लण्डन । इङ्ल्यान्डमा सोमबार मध्यरातदेखि कोभिड–१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाउने निर्णय भएको सरकारले जानकारी गराएको छ । 

    कोभिड–१९ नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाइएपछि यहाँ अब दूरी कायम गर्न यस पहिला लागू गरिएका सबै कानूनी ब्यवस्थाहरू अब हट्नेछन् ।

    सामाजीक दूरी कायम गरी महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटेपछि यहाँका सार्वजनिक स्थानमा हिडडुल गर्दा वा काम गर्दा मास्क लगाउनु अनिवार्य हुनेछैन ।

    लामो समयदेखि पूर्ण सञ्चालनमा नल्याइएका रात्रिक्लबहरूलाई फेरि खोल्न दिइनेछ साथै सामुहिक जमघटका लागि पहिला तोकिएको सङ्ख्यासम्बन्धी प्रावधान अन्त्य हुनेछन् । 

    कोभिड–१९ विरूद्धको खोप अभियानका कारण महामारीलाई केही हदसम्म नियन्त्रणमा ल्याउन सकिएको भएपनि अझै महामारी पूर्ण रोकिएको भने छैन ।- एजेन्सी । 

    २०७८, श्रावण ५ मंगलवार०७:०९:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार