नयाँ दिल्ली गन्तव्यमा सातामा छ उडान सञ्चालन हुने

नयाँ दिल्ली गन्तव्यमा सातामा छ उडान सञ्चालन हुने

२०७८, श्रावण ५ मंगलवार

  • 1.1K
    SHARES

  • नयाँ दिल्ली गन्तव्यमा सातामा छ उडान सञ्चालन हुने

    काठमाडौँ । नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल छ उडान सञ्चालन हुने भएको छ ।

    यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हुँदै आएकामा अब छ उडान हुने भएको हो । सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार अब नयाँ दिल्लीमा काठमाडौँबाट सोमबार, बुधबार र शनिबार निगमको जहाजले उडान भर्नेछ । यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधबार र भारतको एयर इन्डियाले शुक्रबार उडान भर्ने गरेका थिए । अहिले दुवै एयरलाइन्सले समान तीन उडान पाएका हुन् ।

    यात्रुको सहजतालाई ध्यानमा राखी एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने बार नजुध्ने गरी निगमले उडान तालिका बनाएको जनाइएको छ । उडान तालिका मिलाउँदा हरेक दिन उडान सञ्चालन हुनेछ ।

    २०७८, श्रावण ५ मंगलवार०७:५९:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार