बेइजिङमा ९० प्रतिशतभन्दा बढी वयस्कलाई कोभिड–१९ बिरूद्धको खोप दिइयो

बेइजिङमा ९० प्रतिशतभन्दा बढी वयस्कलाई कोभिड–१९ बिरूद्धको खोप दिइयो

२०७८, श्रावण ६ बुधवार

  • 925
    SHARES

  • बेइजिङमा ९० प्रतिशतभन्दा बढी वयस्कलाई कोभिड–१९ बिरूद्धको खोप दिइयो

    बेइजिङ । चीनको राजधानी बेइजिङमा १८ बर्षमाथिका ९० प्रतिशत व्यक्तिलाई कोभिड–१९ बिरूद्धको दुबै खोप लगाइसकिएको स्थानीय अधिकारीले बताएका छन् । 

    प्राप्त जानकारी अनुसार बेइजिङमा एक करोड ७६ लाखभन्दा बढी बयस्क व्यक्तिलाई खोप लगाइएको बेइजिङको स्थानीय प्रशासनले पुष्टि गरेको छ । यो सङ्ख्या बेइजिङको बयस्क नागरिकको जनसङ्ख्याको ९०.६ प्रतिशत हो । 

    नगरपालिका प्रशासनले भनेको छ, “चिनियाँ राजधानीमा जन–खोप अभियान अन्तर्गत कोभिड–१९ विरूद्धको तीन करोड ६१ लाखभन्दा बढी खोपको मात्रा लगाइसकिएको छ । यो सङ्ख्या वयस्क सङ्ख्याको ९५६  हो अर्थात् बेइजिङमा ९५ प्रतिशतभन्दा बढी बयस्क व्यक्तिलाई कम्तीमा एक मात्रा खोप लगाइएको छ । 

    बेइजिङमा मङ्गलबारदेखि १२ बर्षदेखि १७ बर्ष उमेर समूह ९नाबालिग० लाई कोभिड–१९ बिरूद्धको खोप लगाउन थालिएको नगर प्रशासनले जनाएको छ । एजेन्सी । 

     

    २०७८, श्रावण ६ बुधवार०७:०६:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार