मालीका राष्ट्रपतिद्वारा आफू सकुशल रहेको टेलीभिजनमार्फत् जानकारी

मालीका राष्ट्रपतिद्वारा आफू सकुशल रहेको टेलीभिजनमार्फत् जानकारी

२०७८, श्रावण ६ बुधवार

  • 953
    SHARES

  • मालीका राष्ट्रपतिद्वारा आफू सकुशल रहेको टेलीभिजनमार्फत् जानकारी

    बामाको । मालीका अन्तरिम राष्ट्रपति कोलोनेल असिमी गोइता मङ्गलबार उनीमाथि भएको हत्या प्रयासपछि राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै आफू सकुशल रहेको बताएका छन् । 

    राजधानी बामाकोमा टेलिभिजनमा बोल्दै उनले भने, "यो आक्रमण मालीमा अस्थिरता चाहने समूहले गराएको र यस्ता समूहले कुनै पनि समय अवाञ्छित क्रियाकलाप गर्नेछन् ।”

    गोइताले ओआरटीएम नामक टेलीभिजनमार्फत् भने, “नेतृत्वमाथि यस किसिमका हमला हुने गर्छन् तर यसबाट एउटा कुशल राजनीतिज्ञ डराएर पछि हट्ने कुरा हुँदैन ।”  

    गोइतालाई मङ्गलबार मस्जिदमा प्रार्थना गर्ने क्रममा आक्रमण गर्ने प्रयास भएको राष्ट्रपतिको कार्यालयले यसपहिले जानकारी गराएको छ । 

    उनलाई दुई व्यक्तिले आक्रमण गरेको तर उनी सकुशल रहेको उनको कार्यालयले एएफपीका संवाददातालाई बताएको छ । आक्रमणकारी दुई व्यक्तिमध्ये एकसँग धारिलो हतियार ९चक्कु० भेटिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    अन्तरिम राष्ट्रपति गोइतालाई ईद उल–अधाको इस्लामिक पर्वको लागि गरिएको प्रार्थनाको क्रममा उक्त आक्रमण प्रयास भएको हो ।

    धार्मिक मामिला मन्त्री मामाडो कोनले एएफपीसँग गरेको कुराकानीमा एक व्यक्तिले ‘राष्ट्रपति’लाई चक्कु प्रहार गरी हत्या गर्न खोजेको पुष्टि गरेका छन् ।

    राष्ट्रपतिका सुरक्षा गार्डले उक्त आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएका थिए भने आरोपित अन्य एक व्यक्ति घाइते अवस्थामा पक्राउ परेका छन् । एजेन्सी ।

     

    २०७८, श्रावण ६ बुधवार०७:२०:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार