अमेरिकाद्धारा रकेट आक्रमणको निन्दा

अमेरिकाद्धारा रकेट आक्रमणको निन्दा

२०७८, श्रावण ६ बुधवार

  • 1.7K
    SHARES

  • अमेरिकाद्धारा रकेट आक्रमणको निन्दा

    वासिङटन । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । स्थानीय समयानुसार मंगलबार ईदको प्रार्थना भईरहेको समयमा राष्ट्रपति भवनलाई लक्ष्य गर्दै सो आक्रमण भएको थियो । 

    अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले मंगलबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै काबुलमा रहेको राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको निन्दा गरेका हुन् । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा हिंसाको अन्त्य र शान्ति पुनस्र्थापनाको गर्न आह्वान गरिरहेको र हामी राजनीतिक बस्तीमा जानको लागि दु्रत मार्ग र हिंसा अन्त्यको लागि आह्वान गर्दछौं प्राइसले पत्रकार सम्मेलनमा भनेका छन् । 

    मंगलबार बिहान ईदको प्रार्थनाको क्रममा राष्ट्रपति भवननजिकैका क्षेत्रमा तीन रकेटहरु आक्रमण भएको जनाइएको छ । प्रवक्ताले अफगानिस्तानका जनता न्याय र स्थायी शान्तिको चाहनामा एकजुट रहेका र अमेरिका यसलाई कार्यान्वयन गर्नका लागि तयार रहेको बताएका छन् ।  

    ईदको नमाजपछि समारोहमा बोल्नु हुदै अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबानको निन्दा गर्दै उनीहरूसँग शान्तिको चाहना नभएको बताएका छन् ।- एजेन्सी ।

    २०७८, श्रावण ६ बुधवार०३:२३:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार