नमोबुद्ध र बनेपामा अनलाइन प्रणालीबाट राजश्व सङ्कलन

नमोबुद्ध र बनेपामा अनलाइन प्रणालीबाट राजश्व सङ्कलन

२०७७, पौष २ बिहिवार

  • 2.3K
    SHARES

  • नमोबुद्ध र बनेपामा अनलाइन प्रणालीबाट राजश्व सङ्कलन

    पौष २, बनेपा । 

    काभ्रेपलाञ्चोकको नमोबुद्ध र बनेपा नगरपालिकाले अनलाइन प्रणालीबाट राजश्व भुक्तानीको व्यवस्था गरेको छ । 

    सेवाग्राहीलाई घरबाटै राजश्व बुझाउने सुविधाका लागि बुधबारदेखि राजश्व भुक्तानीको व्यवस्था गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद तिमल्सिनाले बताए ।

    सेवा शुरु भएसँगै अब नगरवासीले सम्पत्ति कर, घर बहाल करलगायत कर तिर्नका लागि नगरपालिकासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । 

    अब कर तिर्नका लागि लामो लाइन लाग्नुपर्ने अवस्थाको पनि अन्त्य भएको र कोरोना सङ्क्रमणका कारण उपस्थित हुन नचाहनेका लागि इपेमेन्ट प्रणालीले सहज बनाएको प्रमुख तिमल्सिनाले बताए ।

    उनले भने, “यो एक प्रकारले अनलाइन भुक्तानी हो । यहाँका सेवाग्राही, जनप्रतिनिधि र कर्मचारीलाई प्रविधिमैत्री बनाउने सिलसिलामा इपेमेन्ट प्रविधि लागू गरेका हौं ।”

    यसैगरी बनेपा नगरपालिकाले पनि डिजिटल प्रणालीमार्फत राजश्व भुक्तानी गर्ने व्यवस्थाको शुरुवात गरेको छ । नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादेले नगरवासीले घरमा नै बसी ई–सेवा तथा खल्ती एप प्रयोग गरेर राजश्व बुझाउन सकिने बताए ।

     अब नगरवासीले सो सेवा प्रयोग गरी सम्पत्ति कर, सरसफाइ, व्यवसाय कर, घर बहाल कर, भूमिसुधार, नवीकरण सेवा करलगायत विभिन्न कर  मोबाइलबाट नै भुक्तानी गर्न सकिने उनले बताए । यसअघि धुलिखेल नगरपालिककाले सो सेवाको शुरुवात गरिसकेको छ । 

    २०७७, पौष २ बिहिवार०२:४०:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार