‘माधव समूहलाई आममाफी हुन्छ’

‘माधव समूहलाई आममाफी हुन्छ’

२०७८, श्रावण ८ शुक्रवार

  • 1.3K
    SHARES

  • ‘माधव समूहलाई आममाफी हुन्छ’

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएका माधव नेपाल समूहलाई आममाफी दिने बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा ओलीले पार्टी एकता गरेर जान आग्रह गर्दै बाटो बिराएकालाई आममाफी दिने बताए । 
         
    “पुष्पलालबाट प्रेरणा लिऔँ, महान् विचार कार्यान्वयन गर्न एक जुट होऔँ, पद र स्वार्थका कुरा छाडौँ, देशका कुरा गरौँ, एकताका कुरा गरौँ”, अध्यक्ष ओलीले भने, “बाटो बिराएका र भड्किएकालाई आममाफी भयो ।”
         
    पार्टी एकतालाई आग्रह गर्दै उनले भने, “आउनोस् मिलेर काम गरौँ, यस आन्दोलनलाई मजबुत गरौँ, एकजुट भएर जाउँ ।” यसअघि विभिन्न चरणका पार्टीको आचारसंहिता र विधि उल्लङ्घन गरेको भन्दै एमालले केहीलाई कारवाहीको घोषणा गरेको तर पुष्पलालको स्मृतिका अवसरमा पार्टी अध्यक्ष ओलीले सबैलाई आममाफी दिने घोषणा गरे ।  

    उनले भने, “म सङ्गठनको प्रमुख हुँ, तर साथीहरू मलाई कु गर्दैछन्, कहिले अध्यक्षबाट हटाउने भन्छन्, केहीले साधारण सदस्यबाटै हटाउने भन्छन् ।” उनले फुटको बाटोमा लागेर पतनतिर जान नहुने र पुष्पलालले रोपेको बिरुवालाई सानोतिनो हावा हुन्डरीले केही असर नपार्ने जिकिर गरे । अध्यक्ष ओलीले आफूलाई कुनै पनि आन्दोलले हल्लाउन नसकेपछि अदालतबाट परमादेशको सहारा लिएको दावी गरे ।  

     एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टी एकता र सुदृढीकरणको अभियानमा जानुपर्ने जरुरी भएकोसमेत बताए । नेकपाका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८० मा रामेछापमा भएको थियो  भने २०३५ साल साउन ७ गते निधन भएको थियो । उनले २००६ सालमा पहिलो पटक नेपालमा नेकपाको स्थापना गरेका थिए । 

    २०७८, श्रावण ८ शुक्रवार०७:२६:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार